स्पेन सरकारद्वारा क्याटलोनियाली आन्दोलनकारीसँग वार्ता

बार्सिलोना, ६ पुस : क्याटलोनियाका पृथकतावादीले बार्सिलोनामा प्रदर्शन गर्न र सडक बन्द गर्न लागेपछि सरकारले उनीहरूसँग वार्ता गरेको छ ।  

प्रधानमन्त्री पेड्रो सान्चेज नेतृत्वको मन्त्रिपरिषद्को टोलीले क्याटलोनीयामै उनीहरूसँग कडा सुरक्षाका बीचमा शुक्रबार वार्ता गरेको हो । 

साप्ताहिक रूपमा बस्ने मन्त्रिपरिषद् बैठक मड्रिडमा बस्ने गरेको थियो । तर सान्चेज नेतृत्वको छ महिना पुरानो समाजवादी सरकारले पृथकतावादीहरूको आन्दोलन अन्त्य गर्न क्याटलोनियामै मन्त्रिपरिषद् बैठक गर्ने निर्णय गरेको थियो । 

गत वर्ष भएको जनमत सङ्ग्रहले स्पेनबाट क्याटलोनियालाई छुट्याउने प्रयास असफल बनाएको थियो ।

पृथकतावादीले क्याटलोनियामा गठन गरेको सरकारका प्रमुख क्विम तोर्रा र सान्चेजले प्रभावकारी र अर्थपूर्ण वार्ताका लागि प्रतिबद्धता जनाउनुभएको छ । 

बिहीबार राति बार्सिलोनामा भएको वार्तामा उहाँहरूले वार्ताबाटै स्पेन र क्याटलोनियाको द्वन्द्वलाई समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रदर्शनकारीले भने राजमार्ग र रेलमार्गहरू अवरुद्ध गरेका थिए भने क्याटलोनिया क्षेत्रीय संसद्मा जबरजस्ती प्रवेश गर्ने प्रयास पनि गरेका थिए । 

प्रदर्शनका समर्थकले पटक पटक ट्वीटरमा लेखेका थिए, “डिसेम्बर २१ का दिन हामी अनियन्त्रीत र असीमित हुनेछौँ ।”
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.