डुङ्गामा आगलागी हुँदा अल्जेरियाली तटमा २० जना बेपत्ता

अल्जेर्स, ६ पुस : अल्जेरियाली तटमा शुक्रबार एउटा डुङ्गामा आगलागी हुँदा २० आप्रवासी बेपत्ता भएका छन् ।

सुरक्षा स्रोतलाई उद्धृत गर्दै अल्जेरियाको राष्ट्रिय समाचार संस्था (एपीएस) ले जनाएनुसार डुङ्गामा २९ आप्रवासी यात्रु थिए । 

घटनापछि तत्कालै उद्धारमा जुटेका स्थानीय, तालीम प्राप्त गोताखोर र सुरक्षाकर्मीले घटनास्थलबाट नौ जनालाई उद्धार गरेको समाचारमा जनाइएको छ । तीमध्ये दुई बालबालिका रहेका छन् । 

उद्धारगरिएका मध्ये केहीलाई आगोले डढाएकोले सामान्य घाइते भएको अधिकारीहरूले बताएका छन् ।  

“उद्धार गरिएकाको अवस्था स्थिर रहेको छ,” पश्चिमी अल्जेरियाको एउटा अस्पतालका निर्देशक मोहम्मद सायबले भन्नुभयो । उद्धार गरिएकालाई त्यही अस्पतालमा लगेर उपचार गराइएको छ ।

समाचारमा जनाइएनुसार डुङ्गामा रहेका सबै जना अल्जेरियाका हुन् । आगलागी भएपछि यात्रु उफ्रिएर भागेका थिए । आगो के कारणले लाग्यो भन्ने अहिलेसम्म एकीन हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.