जेलमा रहेका क्याटलोनियाली नेताहरूको भोक हडताल अन्त्य

बार्सिलोना, स्पेन, ५ पुस : स्पेनबाट क्याटलोनिया क्षेत्रलाई छुट्टाउन अभियान चलाएको अभियोगमा जेल सजाए भोगिरहेका चार क्याटलान नेताले विगत दुई हप्तादेखि जारी राखेको भोक हडताल अन्त्य गरेका उनीहरूका प्रवक्ताले जनाएका छन् । 

क्याटलोनियाको पूर्व सरकार प्रमुख कार्लोस पुज्डमोन नेतृत्वको सरकारका प्रवक्ता जोर्डी साञ्चेज र उहाँका सहकर्मी नेताहरू जोर्डी टुरूल, जोसेफ रूल र जाकियम फोर्नले बार्सिलोनाको उत्तरी क्षेत्र लेडोनर्समा रहेको जेलमा नै भोक हडतालको घोषणा गरी डिसेम्बरको शुरूदेखि थालेको आन्दोलनलाई बिहीबारदेखि अन्त्य गरेका उनीहरूको दलका प्रवक्ताले बताए । 

भोक हडतालको अन्त्य गर्ने नेताहरूले संवैधानिक अदालतले जेलमा रहेका नेताहरूको मुद्दामाथि सुनुवाई गर्न तयार देखिएकोले आन्दोलन रोकिएको प्रवक्ताले बार्सिलोनामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । 
उनीहरूलाई देशद्रोहको अभियोगमा गत बर्षदेखि जेलमा राखिँदै आएको छ । उनीहरूमाथि स्रोत र साधनले सम्पन्न स्पेनको उत्तरपश्चिमी राज्य क्याटलोनियालाई स्पेनबाट टुक्राउने अभियान स्वरूप जनमतसङ्ग्रह र संसदमा क्याटलोनिया स्वतन्त्र भएको घोषणाको नेतृत्व गरेको अभियोग लगाइएको छ । 

उनीहरूले आफूहरूको मुद्दा विचाराधिन राखेर थुनामा राखिरहेको दावी गर्दै आफ्ना वकीलमार्फत सुनुवाई अघि बढाउन निवेदन दर्ता गर्न खोज्दा स्पेनी संवैधानिक अदालतले रोकेपछि उनीहरूले भोक हडताल शुरू गरेका थिए । 

जेलमा रहेका पृथकतावादी नेताहरूको मुद्दामाथि सुनुवाई सन् २०१९ को शुरुमा गरिने आश्वासन मिलेका जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.