आइएसलाई पराजित गर्ने लक्ष्य हासिल, सिरियाबाट अमेरिकी सैनिक फर्किन्छ

वासिङ्टन, ४ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सिरियामा सक्रिय जिहादी सून्य समुदायको संगठन, स्लामिक स्टेट (आइएसआइएस) पराजित भएको बुधबार एक ट्वीट सन्देश लेख्दै बताउनुभएको छ । 

राष्ट्रपति ट्रम्पले अमेरिकी टेलिभिजन च्यानल सीएनएनले अमेरिकाले छिट्टै सिरियाबाट आफ्नो सैनिकलाई पूर्णरूपमा फिर्ता बोलाउने योजना रहेको बताएको केही समयमै अमेरिकी राष्ट्रपतिले आइएसआइएस पराजित भैसकेको बताउनुभएको हो । 

आफ्नो नाम सार्बजनिक नगर्ने शर्तमा एक अधिकारीले भने,“ सिरियाबाट सम्पूर्ण रूपमा सेना फर्किने तयार भइरहेको छ ।” 

उनले थपे, “हामीले सकेसम्म छिट्टै सिरियामा आफ्नो समूहलाई सघाउने सबैको सुरक्षाको प्रत्याभूत गराउँदै फर्किने तयारीमा छौँ ।” 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.