जापानको साप्पोरोमा भएको विष्फोटमा ४२ घाइते

साप्पोरो, जापान, २ पुस : जापानको साप्पोरो शहरमा एक मदीरा विक्री केन्द्र नजिकै भएको विष्फोटमा परी आइतबार राति ४२ जनाको मृत्यु भएको छ । विस्फोटपछि नजिकैको घरमा आगलागी हुँदा उक्त भवन भत्किएको सञ्चारमाध्यमहरूले देखाएका छन् । 

विस्फोटको कारण सोमबार समाचार तयार पार्दासम्म खुल्न सकेको छैन । जापानी टेलिभिजन च्यानल एनएचके विस्फोटका समय घटनास्थल नजिकै रहेका स्थानीयलाई गरेको प्रश्नमा उनीहरूले विस्फोटपछि वरपरको क्षेत्रमा कडा गन्ध फैलिएको थियो । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको तर अन्य व्यक्तिले सामान्य अवस्थामा उपचार गराइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

विष्फोटपछि तत्कालै घटनास्थलमा २० वटा वारूण यन्त्र पुगेकाले आगो थप फैलिनबाट जोगाइएको थियो, साप्पोरो अग्नी नियन्त्रण विभागका अधिकारी सो साइकोकुले बताउनुभयो । घटनाबारे छानविन शुरु भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.