विपक्षी दलका वरिष्ठ नेतालाई आजिवन काराबासको फैसला
नयाँदिल्ली, २ पुस : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता सज्जन कुमारलाई आजिवन काराबासको फैसला सुनाइएको छ ।
सन् १९८४ मा भएको हिंसात्मक घटनामा शिख समुदायलाई भड्काउने कार्यमा सम्लग्न रहेको आरोपमा दिल्ली उच्च अदालतले सोमबार यस्तो फैसला गरेको हो ।
त्यही हिंसाको प्रभावले तत्कालिन प्रधानमन्त्री इन्दीरा गान्धीलाई शिख समुदायको उहाँकै अङ्ग रक्षकले गोली हानी हत्या गरेको थियो ।
अदालतले यही डिसेम्बर ३१ सम्ममा आत्मसमपर्ण गर्न नेता कुमारलाई समय दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
