मालीमा बन्दूकधारी आक्रमणकारीद्वारा ४७ जनाको हत्या

बामाको, माली, २७ मङ्सिर : मालीको नाइजरसँगको सीमानामा बन्दूकधारीहरूको आक्रमणबाट करिब ५० जना सर्वसाधारणको मृत्यु भएको मालीका अधिकारीहरू र टौरेग समूहले बिहीबार जनाएका छन् ।

मोटरसाइकलमा आएका बन्दूकधारी एक समूहले दक्षिणी माली, मेनका क्षेत्रका केही बस्तीहरूमा प्रबेश गरी इदाकसाहक समुदायका सर्बसाधारण ४७ व्यक्तिहरूलाई गोली हानी हत्या गरिएको ‘मुभमेन्ट फर द साल्भेसन अफ अजावद’ (एमएसए) ले जारी एक विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय अधिकारीले आक्रमण बुधबार विहानै भएको जनाउँदै उक्त घटनामा दर्जनौँ व्यक्तिहरूको हत्या भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.