बङ्गलादेशमा विद्यार्थी आन्दोलनपछि सडक यातायात कानून बन्यो

ढाका, २१ साउन : सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला बङ्लादेशको सरकारले सडक यातायात सम्वन्धी कानूनको मस्यौदा तयार पारेको छ ।

ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्थासहितको कानूनको मस्यौदालाई सरकारले सोमबार अन्तिम रूप दिएको हो ।
प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले कानूनको मस्यौदा पारित गरेको मन्त्रीपरिषद् सचिव मोहम्मद शाफिउल अलामले जानकारी दिनुभयो ।

प्रस्तावित कानूनको मस्यौदामा दोषीलाई धरौटीमा छुट्न नमिल्ने र पाँच बर्षभन्दा बढी समय जेल सजाय हुने व्यवस्था गरिएको छ ।
बङ्लादेशको अहिलेको कानूनमा ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई धरौटीमा छुट्न मिल्ने र बढीमा तीन बर्ष जेल सजाय हुने व्यवस्था रहेको छ ।
सवारी चालकको लापर्वाहीका कारण आफ्ना दुई जना साथीहरूको मृत्यु भएपछि कडा कानूनको माग गर्दै बङ्लादेशमा केही दिनदेखि विद्यार्थीहरूले आन्दोलन गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.