टर्कीका राष्ट्रपति र साउदीका युवराजबीच भेट हुन सक्ने

आङ्करा, ६ मङ्सिर : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई भेट्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।
अर्को हप्ता हुने जी–ट्वान्टीको शिखर सम्मेलनका क्रममा अर्जेन्टीनामा उहाँहरुका बीचमा भेटवार्ता हुन सक्ने टर्कीको राष्ट्रपतिका प्रवक्ताले बिहीबार जानकारी दिनुभयो । दुई देशका बीचमा बढ्दो तनाव कम गर्नका लागि उहाँहरुको भेटवार्ता हुनसक्ने प्रवक्ताको भनाई छ । “हामीले कार्यक्रम तालिका हेर्दै छौँ, उहाँ दुई जनाका बीचमा कुराकानी हुन सक्दछ,” अङ्करामा प्रवक्ता इब्राहिम कालिनले भन्नुभयो ।

साउदी अरब र टर्कीका बीचमा साउदी पत्रकार जमाल खाशोज्जीको हत्याको विषयलाई लिएर विवाद हुदैआएको छ । अमेरिकाबाट प्रकाशित हुने वासिङ्टनपोष्टका स्तम्भकार तथा साउदीका कडा आलोचक पत्रकार खशोज्जीको टर्कीको राजधानी स्तानबुलमा हत्या भएपछि साउदी अरब र टर्कीले आरोप प्रत्यारोप गर्दै आएका छन् ।

गत महिना ५९ बर्षीय खशोज्जीको हत्या अहिले पनि रहस्यमय नै रहेको छ । कस्ले हत्या ग¥यो भन्ने बारेमा कतिपयले साउदी राजदरबारको उच्च तहलाई नै आरोप लगाएका छन् । यही आरोप प्रत्यारोपका बीचमा एर्दोआन र सलमानका बीच खशोज्जीको बारेमा यसअघि पनि टेलिफोन कुराकानी भएको थियो ।

अर्जेन्टीनामा पनि भेटवार्ता भएमा उहाँहरुले यस बारेमा समेत कुराकानी गर्नुहुने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.