विद्यार्थीहरुको प्रदर्शनले हिंसात्मक रुप लिएपछि बङ्गलादेशमा सरकारले काटिदियो मोबाइल र इन्टरनेट

ढाका, २० साउन : बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् ।

तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बङ्लादेशको राजधानी ढाकाका कतिपय ठाउँमा विद्यार्थीहरुले आन्दोलन चर्काइरहेका छन् ।

ढाका नजिकैको जिगाताला भन्ने ठाउँमा शनिबार भएको प्रदर्शनले उग्ररुप लिएपछि कम्तीमा १०० जना घाइते भएका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार, प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरु भर्ना गरिएको थियो ।

देशको सबैभन्दा बढी बिक्री हुने अखबार प्रोथोम आलोले पनि प्रदर्शनहरु हिंसात्मक भएसँगै शनिबार अबेरदेखि इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.