भारतीय राष्ट्रपति अष्ट्रेलियामा
सिड्नी, ५ मङ्सिर : भारतीय राष्ट्रपति रामनाथ कोविन्द चारदिने भ्रमणका क्रममा बुधबार बिहान अष्ट्रेलिया आईपुग्नु भएको छ ।
टापूले घेरिएको राष्ट्र अष्टे«लियामा भारतीय राष्ट्रपति कोविन्द, उहाँका श्रीमती सविता कोविन्दलगायतलाई उच्चस्तरीय सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो ।
द्वीपक्षीय यस भ्रमणको क्रममा उहाँले अष्ट्रेलियामा रहेका भारतीय नागरिकलाई सम्बोधन गर्नुहुने जनाइएको छ । त्यसैगरी उहाँले अष्ट्रेलियामा रहेको महात्मा गान्धीको शालिकलाई गान्धीको १५०औँ जन्मजयन्तीको उपलक्षमा अनावरण गर्नुहुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति कोविन्दको यस भ्रमणको क्रममा भिक्टोरियाका गभर्नरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बेलर्बन विश्वविद्यालयका विद्यार्थीहरुलाई सम्बोधन गर्नुहुनेछ ।
यसअघि राष्ट्रपति कोविन्द भियतनामको चारदिने भ्रमणमा हुनुहुन्थ्यो । उहाँले भियतनामको राष्ट्रियसभालाई सम्बोधन गर्नु साथै त्यहाँका राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको थियो ।
