मालदिभ्सको राष्ट्रपतिका रूपमा सोलिहको सपथ ग्रहण

कोलम्बो, मङ्सिर १ : सेप्टेम्बरमा भएको मालदिभ्सको राष्ट्रपतीय निर्वाचनमा बहुमतप्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले शनिबार राष्ट्रपतिका रूपमा सपथ ग्रहण गर्नुभएको छ ।

मालदिभ्सका शक्तिशाली नेता अब्दुल्लाह यमीनलाई पराजित गर्नुभएको थियो । यमीनलाई चीनको बलियो समर्थन रहेको थियो भने सोलिहलाई भारतीय समर्थन रहेको बताउने गरिन्छ ।

माल्दिभ्सको तत्कालिन राष्ट्रपति यमीनले प्रतिपक्षी दलका चर्चित नेता विभिन्न अभियोगमा जेल र विदेश निर्वासनमा रहेका समय भएको निर्वाचनमा राष्ट्रपतिका लागि खासै निर्वाचन पहिले चर्चा नपाएका ५४ बर्षीय सोलिहले यमीनको अपेक्षा विपरित निर्वाचनमा बहुमत पाउनुभएको थियो ।

राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आयोजना भएको संसदको विशेष समारोहमा सोलिहले सपथ गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका विदेशमन्त्री लु शुगाङलगायत स्वदेशी तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको थियो ।

मालदिभ्सले झण्डै ८० प्रतिशतभन्दा बढी कर्जा चीनसँग लिएको अवस्थामा भारत तथा यूरोपेली मुलुकहरूको समर्थन रहेका सोलिहको सत्ता आगमनलाई विशेष चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.