अफगानिस्तानः कारबाहीमा २० लडाकू मारिए

जलालावाद, ३० कात्तिक : अफगानिस्तानको सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् ।

नानगार्हार प्रान्तमा भएको सुरक्षा कारबाहीमा इस्लामिक स्टेट (आईएस)का कम्तीमा २० लडाकू मारिएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

“राष्ट्रिय सुरक्षा टोलीले बिहीबार बेलुका सुरक्षा कारबाही चलाएको थियो, त्यही क्रममा कम्तीमा २० लडाकूहरु मारिएका हुन्,” विज्ञप्तिमा उल्लेख छ ।

सरकारी अधिकारीहरुले मारिएका मध्ये केही स्थानीय कमाण्डर समेत रहेका र उनीहरु आचिन जिल्लामा सक्रिय रहेको जनाएका छन् ।

लडाकूहरुले प्रयोग गर्ने सामग्री पनि सुरक्षाकर्मीले नष्ट गरिदिएको समाचारमा जनाइएको छ ।

सुरक्षाकर्मीले अन्य ठाउँहरुमा पनि सुरक्षा कारबाही अभियान संचालन गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.