सुरक्षा परिषद्द्वारा निन्दा

संयुक्त राष्टसंघ, १९ साउन : अफगानिस्तानमा भएको आतङ्ककारी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले निन्दा गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले गत हप्ता अफगानिस्तानमा भएका आतङ्ककारी हमलामा परी नागरिकको ज्यान गएको घटनाको विरोध गर्दै यस्ता हत्याका घटनाको जस्तोसुकै शब्दमा निन्दा गरेपनि नपुग्ने बताएको छ ।

उक्त आतङ्ककारी हमलालाई अक्षम्य अपराध भन्दै उक्त परिषद्ले यस्ता क्रियाकलापमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न एक विज्ञप्तिमार्फत भनिएको छ ।

गत हप्ता जलालावादको एक स्वास्थ्य केन्द्रमा भएको आतङ्कवादी हमलामा परी कैयाँ नागरिकको ज्यान गएको थियो ।

त्यसैगरी अफगानिस्तानको गार्देजमा रहेको एक मस्जिदमा पनि यस्तै आतङ्ककारी हमला भएको थियो । यी हमलाहरुमा परी अफगानिस्तानमा कम्तीमा पनि ४८ जना सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।

सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुले ती हमलामा परी मारिएका व्यक्तिप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै तिनका आफन्तहरुमा समवेदना प्रकट गरेका छन् ।

सुरक्षा परिषद्ले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा नागरिकको शान्तिपूर्वक रुपमा हिँडडुल गर्न पाउने र आफ्नो आर्थिक आश्थासँग सम्बन्धित क्रियाकलाप गर्न पाउने अधिकारमाथि धावा बोलेर यसरी सर्वसाधाण नागरिकको हत्या गर्ने काम कुनै पनि अवस्थामा ठीक होइन भनिएको छ ।

अफगानिस्तानमा युद्धरत तालिबान आतङ्ककारी समूहले पछिल्लो समयमा सर्वसाधारण नागरिकमाथिको हमलालाई तिब्रता दिएको छ ।

उक्त समूहका सशस्त्र हतियारधारीले पछिल्लो समयमा अफगानिस्तानमा सेवा केन्द्र, मस्जिद आदिमा पनि हमला गरी सर्वसाधारणको ज्यान लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.