न्यू क्यालेडोनिया फ्रान्सकै भाग रहने पक्षमा जनमत सङ्ग्रहको परिणाम

पेरिस, फ्रान्स, १४ कात्तिक : न्यू क्यालेडोनिया फ्रान्समा रहने वा टुक्रिएर स्वतन्त्र बन्ने भन्ने बिषयमा भएको जनमत सङ्ग्रहको परिणाम एकिकृत फ्रान्सको पक्षमा आएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले मत परिणाम सार्वजनिक भए लगत्तै क्यालेडोनिया क्षेत्रका जनतालाई फ्रान्सको एकताको पक्षमा मतदान गरेकोमा मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

म्याक्रोँले भन्नुभयो, जनमतसङ्ग्रहबाट फ्रान्सको प्यासिफिक क्षेत्रको न्यू क्यालेडोनिया फ्रान्सकै भूभाग रहनेगरी निर्णय आएको छ । यसबाट हामी सबैलाई ठूलो गौरब भएको छ । यो ऐतिहासिक कदमलाई शान्तिपूर्वक सँगसँगै सफल पारेकोमा राष्ट्रप्रमुखका रूपमा सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

निर्वाचन परिणामपछि राष्ट्रका नाममा गरेको सम्बोधनमा उहाँले भन्नुभयो, बहुमत क्यालेडोनियालीले फ्रान्स नै रोजेका छन् उनीहरूको नेता बन्न पाउँदा मलाई खुशी लागेको छ । यो गणतन्त्र फ्रान्सको भविष्य र महत्वबारे विश्वासको सङ्केत हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.