सी र ट्रम्पबीच व्यापार विवादबारे वार्ता

वासिङटन, १५ कात्तिक : अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार व्यापार विवादका बारेमा कुराकानी भएको छ ।

लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङ बीच लामो समयपछि सकारात्मक कुराकानी भएको समाचारमा जनाइएको छ ।

“राष्ट्रपति सि जिङपिङसँग लामो समयपछि धेरै राम्रो कुराकानी भयो । हामीले धेरै विषयमा कुराकानी ग¥यौँ, तर विषेश जोड भने व्यापारका विषयमा नौ भयो,” ट्रम्पले ट्विट गर्नुभएको छ ।

उहाँले व्यापारसम्बन्धी वार्ता सकारात्मक दिशातर्फ अगाडी बढेको जानकारी दिँदै जि ट्वान्टी शिखर सम्मेलनका बेलामा भेटेरै दुई जनाले कुराकानी गर्ने बताउनुभयो ।

जि ट्वान्टी शिखर सम्मेलन यही महिनाको अत्यमा अर्जेन्टीनाको राजधानी ब्युनस आयर्समा हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.