भ्रष्टाचार आरोपी मन्त्रीद्वारा राजीनामा

उलान बटोर, मङ्गोलिया, २४ कात्तिक : आर्थिक अनियमितता गरेको आरोप लागेपछि मङ्गोलियाका एक जना मन्त्रीले राजीनामा दिनुभएको छ ।

मङ्गोलियाको खाद्य, कृषि र उद्योगमन्त्री बाट्जार्गाल बाट्जोरिङले बुधबार राजीनामा दिनुभएको अधिकारीहरुले जनाएका छन् ।

“मैले आफ्नो पदबाट राजीनामा दिएको छु, यसमा मलाई कुनै समस्या छैन,” उहाँले पत्रकारहरुलाई भन्नुभयो ।

सत्तारुढ दल मङ्गोलियन पिपुल्स पार्टी ग्रुपले नै संसदमा उहाँले राजीनामा दिनुपर्ने माग गरेको थियो ।

उहाँले न्यून व्याजदरमा राज्यको रकम वितरण गर्न लगाएको, राज्यकोषलाई हानी हुने काम गरेको विवरण केहीदिन अगाडि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.