भारतको गणतन्त्र दिवसमा ट्रम्प नआउने

नयाँदिल्ली, ११ कात्तिक : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आउँदो गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा भारत आउन नसक्ने जानकारी दिनुभएको छ ।

आउदो वर्षको गणतन्त्र दिवस मूल समारोहको प्रमुख अतिथिका लागि भारतको तर्फबाट निमन्त्रणा गरिए पनि ट्रम्पले आउन नसक्ने जानकारी गराउनु भएको हो ।

स्रोतलाई उद्धृत गर्दै स्थानीय एक टेलिभिजन च्यानल न्यूज१८ ले आइतबार जनाएअनुसार भारतको तर्फबाट ट्रम्पलाई यही वर्षको अप्रिलमा निमन्त्रणा पठाइएको थियो ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको भनाइ उद्धृत गर्दै भनिएको छ, “अमेरिकी राष्ट्रपतिको पत्रमा, राष्ट्रपति ट्रम्पले आफू भारत आउन नपाएकामा दुःख व्यक्त गर्नुभएको छ ।”

हालै रुससँग हतियार खरिद र इरानबाट खनिज तेलको आयातका कारण भारत र अमेरिकाबीचको सम्बन्धमा चिसोपन आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.