चार देशका नेता सहभागी सिरिया शिखर सम्मेलन इस्तानबुलमा शुरू
इस्तानबुल, १० कात्तिक : सिरियाको राजनीतिक सङ्कटबारे छलफल गर्न रूस, जर्मनी, फ्रान्स र टर्की सहभागी भएको शिखर सम्मेलन शनिबार इस्तानबुलमा शुरु भएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एदोर्गानले सम्मेलनको उद्घाटन गर्दै सम्मेलनले सिरियाको सात बर्ष लामो राजनीतिक सङ्कटलाई समाधान गर्न विकल्प निकाल्ने विश्वास गर्नुभयो ।
उहाँले भन्ुभयो, “विश्व समुदायको आखाँ हामीतर्फ सोझिएको छ । म विश्वस्त छु हामीले विश्व समुदायको अपेक्षालाई सम्बोधन गर्न चुक्ने छैनौ ।”
सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन चान्सलर एङ्गेला मर्केल र टर्कीका राष्ट्रपति एर्दोगान सहभागी रहनुभएको छ ।
