आप्रवासी २३ सय बालबालिकालाई संरक्षणको आवश्यकता

संयुक्त राष्ट्रसंघ, १० कात्तिक : अमेरिकासँगैको सिमा क्षेत्रमा पर्ने म्याक्सीकोका विभिन्न ठाउँमा रहेका झण्डै २३ सय आप्रवासी बालबालिकाहरुलाई संरक्षणको आवश्यकता देखिएको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले ती बालबालिकाहरुलाई आधारभूत सेवा सुविधा समेत अभाव रहेकाले सहयोगको आवश्यकता रहेको जनाएको हो ।

युनिसेफद्धारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, “आधारभूत सेवा सुविधा नपाएकाले कति बालबालिकाहरुको जीवन गएको छ भने कतिपय बालबालिकाहरु विभिन्न रोग तथा समस्याबाट प्रभावित छन् । त्यसैले उनीहरुलाई तत्काल सहयोग र संरक्षण आवश्यक भएको छ ।”

विभिन्न बाटोबाट आप्रवासी हुन आएका ती बालबालिकाहरु धेरै लामो समयसम्म यात्रा गर्नु पर्ने, अनिश्चीत र खतरापूर्ण हुने, हिंसा, बलात्कार र विस्फोटनका घटनामा पर्न सक्ने लगायतका खतराका भएकाले उनीहरुलाई तत्काल संरक्षण आवश्यक भएको युनिसेफको भनाई छ ।

युनिसेफले आफुले तीनीहरुलाई सहयोग गरेको र अरु सहयोगी तथा साझेदार संस्थाहरुलाई पनि सहयोगका लागि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.