श्रीलङ्काको राष्ट्रपतिको दल सत्तारूढ गठबन्धनबाट बाहिरियो

कोलम्बो, श्रीलङ्का, ९ कात्तिक : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको दल सत्तारूढ गठबन्धनबाट बाहिरिएको छ ।

शुक्रबार श्रीलङ्काका वरिष्ठ मन्त्री महिन्दा अमरावीराले भन्नुभयो, ”राष्ट्रपतिको दल यूनाइटेड पिपुल्स फ्रिडम अलायन्स (यूपीएफए)ले गठबन्धन छोड्ने निर्णय भएको छ । यससँगै वर्तमान् सरकारको भविष्यमाथि पनि गम्भीर शङ्का उब्जिएको छ ।“

यद्यपि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री रनिल विक्रमासिङ्घे र उहाँको कार्यालयले सिरिसेनाको दल सत्तारूढ गठबन्धनबाट हटेपछि तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.