तीन तलाक दिने पति पक्राउ
भोपाल, भारत, ८ कात्तिक : भारतको मध्यप्रदेशमा एक व्यक्तिलाई तीन तलाक दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । केन्द्र सरकारले मुस्लिम समुदायमा सम्बन्ध बिच्छेदका लागि प्रयोग हुने “तीन तलाक” लाई प्रतिबन्ध लगाउने कानुन पारित गरेको एक महिनापछि नै यस्तो घटना भएको हो ।
मेघनगर प्रहरी स्टेशनका अनुसार आरिफ हुसेन विरुद्ध नयाँ मुस्लिम महिला (विवाहको हक संरक्षण) अध्यादेश २०१८ बमोजिम मुद्दा दर्ता गरिएको छ ।
मेघनगरको शेरवानी मोल्लाकी स्थायी बासिन्दा सल्मा बानोले आरिफसँग १० वर्ष पहिले विवाह गर्नुभएको थियो । यो दम्पतीका दुईजना बच्चा पनि छन् । बानोको उजूरीका आधारमा प्रहरीले आरिफलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बानोले आफू धेरै मोटाएको भन्दै पतिले तलाक (सम्बन्ध बिच्छेद) दिएको बताउनुभएको छ । धेरै मोटाएको भन्दै आफूमाथि पटकपटक दुव्र्यवहार र कुटपिट गर्ने गरेको उहाँको आरोप छ । “तीन पटक तलाक दिएपछि बाध्य भएर मैले प्रहरीमा उजूरी दिएकी हुँ,” बानोले भन्नुभयो ।