इराकका नयाँ प्रधानमन्त्रीद्वारा सपथग्रहण

बग्दाद, ८ कात्तिक : इराकको नयाँ प्रधानमन्त्रीको रुपमा अदेल अब्दुल माहदीले बुधबार सपथग्रहण गर्नु भएको छ । इराकको संसदले त्यहाँको २२ सदस्यीय मन्त्रिपरिषदलाई १४ जनामा सीमित गरेसँगै माहदीले सपथ गर्नुभएको हो ।

संसदले भने २२ मध्ये १४ जनाको नामलाई अनुमोदन गरेको छ । संसदका सभामुखले मन्त्रीहरुको नाम एकपछि अर्को गर्दै पढेर संसदमा सुनाउनुभएको थियो । बुधबार संसदले अनुमोदन गरेका प्रधानमन्त्री माहदी र १४ जना मन्त्रीले सपथ लिनुभएको हो ।

संसदको अधिवेशनले प्रधानमन्त्री माहदीले अघि सार्नु भएको सरकारको कार्यक्रम पनि व्यापक छलफल पश्चात पारित गरेको छ ।

संसदमा उपस्थित २२० जना सांसदले मन्त्रीहरुको नामलाई अनुमोदन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.