इटालीको वित्तीय सङ्कटबारे चिन्ता लिनु आवश्यक छैन : रेग्लिङ

लग्जेम्वर्ग, ६ कात्तिक : इटालीले यूरोपेली यूनियन (इयू) सदस्य राष्ट्र ग्रीसको बाटो पछ्याउँदै वित्तीय सङ्कटको झमेला यूरोप क्षेत्रलाई नदिने भन्दै यसमा अनावश्यक चिन्ता नलिन यूरोपेली क्षेत्रका कर्जा कोष निर्देशक क्लाउस रेग्लिङले बताउनुभएको छ ।

इयू स्रोतले मङ्गलबार एएफपीलाई इटालीका जनताबीच चर्चित केही नेताहरूले प्रस्ताव गरेको बजेटलाई इयूको कार्यकारी निकाय, यूरोपेली आयोगले अस्वीकार गरेको बताउनुभन्दा केही पहिले कर्जा प्रमुख रेग्लिङले उक्त कुरा बताउनुभएको हो ।

इटाली सरकारले आगामी बर्ष आफ्नो मुलुकमा बार्षिक आर्थिक उत्पादन २.४ प्रतिशत कमी हुने घोषणा गरेको छ । यो रकम यस पहिलेको सरकारले गरेको प्रक्षेपणभन्दा तीन गुणा कमी हो र इयूले गरेको प्रक्षेपणको तीन प्रतिशतसम्मको सीमासँग नजिक रहेको छ ।

परिणामस्वरूप इटालीको पहिले देखि नै धेरै रहेको कर्जालाई अझ खतरातर्फ धकेल्ने देखिएको र यो रकम कुल ग्राहस्थ उत्पादन भन्दा १३० प्रतिशत बढी हो । यो घाटा रकम इयूले

इटालीका लागि तोकेको ६० प्रतिशतभन्दा दोब्बर हो । इयूले ग्रीसपछि इटालीका लागि यसरी कर्जा सीमा तोकेको छ ।

तर रेग्लिङले भने इटालीको आर्थिक सङ्कटलाई लिएर बढाइचढाई गरी अनावश्यक चासो व्यक्त गरिएको प्रतिक्रिया दिनुभयो ।

“इटालीको बार्षिक आर्थिक योजनाले कानूनी दायरा अनुसार काम नगरेको तर इटाली आर्थिक संकटका सन्दर्भमा यूरोपमा ग्रीसकै अवस्थामा पुगेको भने छैन,” लग्जेम्वर्गमा रेग्लिङले सञ्चारकर्मीसँग बताउनुभयो । कसैले पनि इटालीबारे चिन्ता व्यक्त गर्नु पर्दैन, जर्मन नागरिक रेग्लिनले बताउनुभयो ।

“इटालीले प्रतिस्पर्धात्मक अवस्थालाई गुमाएको छैन । इटालीले आन्तरिक रूपमा हिसाब गरेजस्तो माथि वा धेरै बार्षिक घाटा रहेको छैन ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.