क्रोएसियाका पूर्व प्रधानमन्त्रीलाई युद्ध अपराधको आरोप

जाग्रेब, ५ कात्तिक : क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ ।

युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला सोमबार गरेको समाचारमा जनाइएको छ ।

पूर्व प्रधानमन्त्री सानाडरले सन् १९९० को दशकमा युद्धका नाममा राज्यको श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

अदालतले उहाँलाई साढे दुई बर्ष जेल सजाय र पाँच लाख युरो जरिवाना समेत तिराउनु पर्ने फैसला सुनाएको हो ।

तर पूर्व प्रधानमन्त्री सानाडरले भने जेल सजाय अस्विकार गर्नु भएको छ । उहाँले सोही आरोपमा यस अघि नै जेल सजाँय भुक्तान गरेको दावी गर्दै फैसलाको पुनरावलोकनका लागि निवेदन दिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.