म्याटिस रक्षमन्त्रीबाट ‘बिदा हुन सक्ने’ : ट्रम्प

वासिङ्टन, २८ असोज, : अमेरिकी रक्षामन्त्री जिम म्याटिसलाई ‘डिमोक्र्याट जस्तो’ भन्दै उहाँलाई बिदा उक्त जिम्मेवारीबाट बिदा दिन सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रकाशित एक अन्तर्वार्तामा बताउनुभएको छ ।

म्याटिसलाई राष्ट्रपति ट्रम्पको मन्त्रीपरिषद्को केही स्थिर तथा स्वतन्त्र सदस्यहरूमध्ये एक सदस्यका रूपमा लिने गरिन्थ्यो । अमेरिकी पत्रिका सीबीएसलाई दिएको के राष्ट्रपति म्याटिसलाई बिदा गर्न चाहनुभएको छ भन्ने करिब ६० मिनेट लामो अन्तर्वार्तामा उहाँलाई बिदा दिइनसक्ने सम्भावना पनि रहेको उहाँले भन्नुभयो
अमेरिकी राष्ट्रपति ट्रम्पले थप्नुभयो, “मेरो विचारमा उहाँ डेमोक्रेटजस्तो हुनुहुन्छ त्यसैले उहाँले बिदा लिन पनि सक्नुहुन्छ ।”

“यद्यपि जनरल म्याटिस असल व्यक्ति हो । हामी सँगसँगै र राम्रो सम्बन्धका साथ काम ग¥यौँ । उहाँले छोड्न सक्नुहुन्छ । मतलव कुनै विन्दुमा सबैले छाड्नुपर्छ ।”

आफुले अवकाश प्राप्त जनरल म्याटिसलाई दुई दिन पहिले भेटेको बताउँदै उक्त अवसरमा भने उहाँलाई बिदा दिने बिषयमा कुनै कुराकानी नभएको ट्रम्पको टिप्पणी थियो ।

ट्रम्पले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतबाट निक्की हेलीको राजिनामापछि आफ्नो मन्त्रीमण्डलमा केही परिवर्तन गर्न चाहेको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “मैले परिवर्तन चाहन्छु । यो मेरो अधिकारको कुरा पनि हो । मसँग अहिले धेरै असाधारण व्यक्तिहरू प्रशासनमा आउन आतुर छन् । उनीहरूले अमेरिकी नागरिकको हितमा असाधारण काम गरेर देखाउने छन् ।”

“हामीसँग मन्त्रीमण्डलका उत्कृष्ट सदस्यहरू छन् तर केहीको कामप्रति म खुसी छैन उनीहरूको सट्टामा अन्य राम्रा व्यक्तिले मौका पाउन सक्छन् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.