इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजय हो : रौहानी

तेहरान, असोज २८ : इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजय भएको इरानका प्रधानमन्त्रीले आइतबार बताउनुभएको छ ।

अमेरिकासहितका विश्वका छ शक्तिराष्ट्रहरू रूस, चीन, बेलायत, फ्रान्स र जर्मनीको पहलमा सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु इस्लामिक गणतन्त्र इरानको अमेरिकासँगको ‘नैतिक एवम् वौद्धिक’ जीत भएको प्रधानमन्त्री हसन रौहानीले बताउनुभएको छ ।

सबैलाई थाहा भएकै कुरा हो कि अन्तराष्ट्रिय जिम्मेवारीवोधबाट अमेरिकाको वैधानिक तथा राजनीतिक पराजय भएको छ र हामीहरू सफल बनेका छौँ, राष्ट्रपति हसन रौहानीले तेहरानस्थित एक विश्वविद्यालयमा गरेको सम्बोधनमा बताउनुभयो । अमेरिकाले आणविक सम्झौताबाट पछि हट्नु ठीक कदम भएको विश्वमा केही मुलुकहरूले मात्र बताएका छन्, उहाँले भन्नुभयो ।

तर जुन मुलुकहरू सावधान छन्, र उदार छन् उनीहरूले अमेरिकी निर्णय अवैध र गलत भएको निष्कर्ष रहेको छ ।

वासिङटनले सन् २०१५ को आणविक सम्झौताबाट गत मे महिनामा पछि हट्नु र इरानविरुद्धको आर्थिक नाकावन्दी पुनः घोषणा गर्नुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उचित निर्णय’ बताउनुभएको छ ।

अमेरिकाले इरानविरुद्धको पेट्रोलियम क्षेत्र र केन्द्रीय बैङ्कलाई लक्षित गरी लगाउने प्रतिबन्धलाई आगामी नोभेम्बर ५ सम्ममा सम्पन्न गर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.