संसदीय निर्वाचनका उम्मेदवारको मृत्यु

काबुल, २२ असोज : अफगानिस्तानको पश्चिमी बाड्घीस प्रान्तका एक जना उम्मेदवारको दुर्घटनामा परी मृत्यु भएको छ ।

उहाँको सवारी दुर्घटनामा परी मृत्यु भएको स्थानीय निजी समाचार संस्थाले सोमबार जानकारी दिएको छ ।

छिमेकी हेरात प्रान्ततर्फ गइरहेको बेला बाड्घीस प्रान्तमा संसदीय निर्वाचनमा उम्मेदवार हुनुभएकी फ्रैबा रहमानीको मृत्यु भएको हो ।

उहाँ तीन दिन अगाडी घाइते हुनु भएको हो । उहाँको हेरात क्षेत्रीय अस्पतालमा सोमबार निधन भएको अधिकारीहरूले जनाएका छन् । क्वाडिस जिल्लाकी बासिन्दा फ्रैबा ५५ बर्षको हुनुहुन्थ्यो ।

अफगानिस्तानमा यही २० अक्टोबरका दिन संसदीय निर्वाचन हुन लागेको छ । निर्वाचन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गइरहेका छन् ।

निर्वाचनका लागि मताधिकार भएका झण्डै नब्बे लाख मध्ये ३० लाख महिला रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.