लिबियाको मन्त्रिमण्डलमा हेरफेर

त्रिपोली, २२ असोज : संयुक्त राष्ट्रसङ्घको समर्थन रहेका लिबियाका प्रधानमन्त्री फायेज सेराजले आइतबार आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रिमण्डलमा तीन जना नयाँ मन्त्री थप गरिएका छन् ।

मन्त्रिपरिषदमा गृह, उद्योग र अर्थ मन्त्रालयमा नयाँ मन्त्रीहरु नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

देशमा राजनीतिक स्थायित्व कायम गर्ने उद्देश्य लिएर प्रधानमन्त्री सेराजको नेतृत्वमा लिबियामा सन् २०१५ को अन्त्यतिर संयुक्त राष्ट्रसङ्घसँगको सम्झौता बमोजिम सो सरकार गठन भएको हो ।

उक्त सम्झौतामा लिबियाका सबै प्रमुख राजनीतिक दलहरुले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.