बहुपति प्रथाको कथामा ‘सहायक श्रीमान्’ निर्माण

काठमाडौँ, २६ मङ्सिर : कर्णाली प्रदेशको हुम्लामा छायाङ्कित बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) निर्माण भएको छ ।

भूकम्पमा आधारित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’को सफलतापछि निर्देशक एवं पत्रकार गणेश पाण्डेले ‘सहायक श्रीमान्’ नामक नयाँ डकुमेन्ट्री फिल्म निर्माण गर्नुभएको हो । कूल ३५ मिनेटको सो वृत्तचित्र काठमाडौँमा जारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा शुक्रबार प्रदर्शनी हुँदैछ । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ ।

चार वर्षको मेहनत र अनुसन्धानबाट फिल्म तयार गरिएको साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गर्नुभएको हो भने यसमा प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.