मन छुने कथा : पानीफोटो
अनन्तकुमार श्रेष्ठ । आमाको मन, बाबुको जिम्मेवारी हराएको छोरा फर्कने आशा भित्रको कथा पानीफोटो । आफ्नो छोरा हराउदा एउटा परिवार भित्रको पिडा बाबु आमाको छटपटी समाजको नजरको समग्र तश्विर खिच्न सफल रहेको छ । सशस्त्र माओवादी द्वन्द्धले हराएका परिवार तथा संक्रमणकालिन न्यायको आश्वसन भित्रको पिडा बोलेको छ । चलचित्रमा बेपत्ता छोराको बाबुको अभिनय अनुप बराल, आमा मेनुका प्रधान (मैया आमा) हराउने छोरा (कृष्णे)को साथी मल्लिका महत (राधा) को अभिनय सशक्त रहेको छ ।
चलचित्र स्याङ्जाको स्वरेकको अत्यन्तै सुन्दर दृष्य छायाँकन गरिएको छ । कथाको विषयबस्तु र दृष्यको कुहिरो तादाम्यतामा निखार देखिन्छ । आफ्नै गाँउ समाजको परिवेश भाषिक आँचलिकतालाई हुबहु उतार्न चलचित्र सफल रहेको छ । चलचित्र हेरिरहदा अनुप बराल, मेनुका प्रधान मल्लिाका महत, खगेन्द्र लामिछाने, माओत्से लाग्दैनन उनीहरु जुन पात्रमा छन स्वयम नै पर्दामा आएको महशुस हुन्छ । खगेन्द्र लामिछानेलाइ धेरै मनपराउनेहरुका लागि उहाँको रोल अलि लामो भए हुन्थ्यो जस्तो लागिरहन्छ । आफ्नै गाँउ समाजको परिवेशलाई मनपराउनेहरुका लागि उम्दा छ चलचित्र ।
चलचित्र हेरि सकेपछि बेपत्ता परिवारहरुले सरकारी तवरको सहयोग असहयोगका बारेमा छोएको भए हुन्थ्यो कि । बाबु आमासंगको हराएको छोराको सामिप्ताको क्षणहरु जोड्न पाएको भए जस्तो लाग्छ । फेरी के होला भन्ने ठाउँहरु छोडिएका छन । राधा कहाँ गइन के भयो होला ? विदेश गएको रोल्पाली नेपाल आउला कि नआउला ? हराएको कृष्णका बा आमासंग भेट होला कि नहोला ? यति हुदा हुदै पनि कृष्णेको अवस्था दर्शकले पाइसकिन्छ । यसले अलि कमजोर बनाएको हो कि या पानी फोटो २ बनाउनका लागि ठाउ साघुरिएको हो कि जस्तो भान हुन्छ ।
चलचित्रको बलियो पक्ष माओवादी आन्दोलन भित्रको बेपत्ता परिवारहरुको बेचैन दिनहरुको कथा नै हो । असाध्यै मन छुने उम्दा कथा पानी फोटो लाई लिन सकिन्छ । घर भित्रको दृष्य वा बाहिरको दृष्य या कलाकारको भेषभुषा सबैमा शुद्ध गाँउको परिवेशलाई जस्ताको तस्तै उतारिएको छ ।
खगेन्द्र लामिछाने उम्दा लेखक र कलाकार हुन । उहाँको पहिलो निर्देशनमा बनेको चलचित्रले उहाँको निर्देशकिय क्षमता पनि अब्बल रहेको सन्देश दिन सफल हुनु भएको छ । उहाँको कथा लेखन शैली शिल्पीको छाप निर्देशनमा पनि देखिएको छ ।