“प्रेमगन्ज” भारतको १०० भन्दा बढी चलचित्र हलहरुमा प्रदर्शन हुने

काठमाडौं, ११ बैशाख : “प्रेमगन्ज” भारतको १००भन्दा बढी चलचित्र हलहरुमा प्रदर्शन हुने भएको छ ।

चलचित्र प्रेमगन्जले भारतमा आफ्नो बजार बिस्तार गर्ने भएको छ । चलचित्र चौतारी र ड्रीम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौता अनुसार प्रेमगन्ज पहिलो चरणमा भारतको कोलकत्ता, देहेरादुन, आसाम, ग्वाटी, अरुनाचल, ब्याङ्लोर, मुम्बै, दिल्ली, दार्जिलिङ, सिक्किम लगाएतका सहरहरुका १०० भन्दा धेरै स्कृनमा एकसाथ प्रदर्शन हुने भएको छ ।

पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोश्रो चरणमा भारतका अन्य ठुला शहरहरुमा पनि प्रदर्शन हुनेछ । प्रेमगन्ज नेपाल-भारत दुबै देशमा एउटै मिति भाद्र ३ अर्थात अगस्ट १९ मा एकैसाथ प्रदर्शन हुनेछ । लाखौं नेपाली र नेपालीभाषी बसोबास गर्ने भारतमा प्रेमगन्ज चलचित्र नेपाली भाषामा नै प्रदर्शन हुन लागेको हो भने यसमा अङ्ग्रेजी सब टाईटल भने रहनेछ ।

प्रेमगन्ज लाई ड्रीम्स थिएटर मोसन पिक्चरका संचालक म्याबो ह्यङ्ग ले भारतभर वितरण गर्न लागेका हुन । फिल्म राम्रो बनेको र भारतमा पनि नेपाली चलचित्रको बजारको सम्भावना ठुलो रहेको र यो चलचित्रले भारतमा पनि राम्रो कमाई गर्नेमा आफु बिश्वथ रहेको म्याबो ह्यङ्गले बताए । नेपाली चलचित्रलाई भारतीय बजार सम्म लैजानका लागी कालिङपोङका कलाकार अनुज शर्माले सहजीकरण गरेका हुन । प्रेमगन्ज चलचित्रले नेपाली चलचित्रको बजारलाई फराकिलो बनाउन ढोका खोलेको छ ।

परिच्छेद सेनको निर्देशनमा बनेको यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ भने कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ हुन।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.