‘सप्तरङ्ग’ कार्यक्रम राष्ट्रिय एकताको भाव

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित ‘सप्तरंग’ सिजन’ दोस्रोको उदघाटन कार्यक्रममा मुख्यमन्मन्त्री महेन्द्रबहादुर शाहीसँग फोटो खिच्दै नायक राजेशसहित राष्ट्रिय कलाकार । तस्वीर: शुरबहादुर सिंह, कर्णाली प्रदेश

सुर्खेत, २८ कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘सप्तरङ्ग’ कार्यक्रमले राष्ट्रिय एकताको भाव दिएको बताउनुभएको छ । गृष्मा ब्रोडकास्टिङ प्रालि काठमाडौँको आयोजना तथा काफिया मिडिया सेन्टर सुर्खेतको संयोजनमा सञ्चालन भएको ‘सप्तरङ्ग’ सिजन–दोस्रो कार्यक्रमको उद्घाटनमा मुख्यमन्त्री शाहीले सांस्कृतिक मनोरञ्जनबाट राष्ट्रियता भल्किएको बताउनुभयो । “नेपाल बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो”, उहाँले भन्नुभयो, “यसले अनेकताभित्र पनि एकता पैदा गराएको छ ।”

नेपाली कला, सङ्गीतले मुलुक परिवर्तन र विकासमा ठूलो सहयोग पु¥याएको जनाउँदै उहाँले सप्तरङ्गबाट नेपाल सरकारको ‘पर्यटन वर्ष २०२०’ को प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । मुख्यमन्त्री शाहीका अनुसार कर्णालीको संस्कृति तथा पर्यटन प्रवद्र्धनमा समेत यस कार्यक्रमले सघाउ पुग्ने अपेक्षा गर्न सकिन्छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित ‘सप्तरंग’ सिजन’ दोस्रोको उदघाटन कार्यक्रमा मुख्यमन्मन्त्री महेन्द्रबहादुर शाहीद्वारा सम्मान ग्रहण गर्दै कलाकार प्रेमदेव गिरी । तस्वीर: शुरबहादुर सिंह, कर्णाली प्रदेश

नायक राजेश हमालले मूलभूत रुपमा हामी सबै नेपाली एक हौँ भन्ने सन्देश प्रवाह गर्न ‘सप्तरङ्ग’ कार्यक्रमले ठूलो भूमिका खेलेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “विविधतायुक्त संस्कार मान्दै आएका हामी नेपालीमा साझापन छ । यसलाई बचाई राख्न ‘सप्तरङ्ग’ले सातै प्रदेशको यात्रा थालेको छ ।”

ब्रोडकास्टिङ प्रालिका प्रमुख गेहन्द्र घिमिरे प्रदेश नम्बर १, २, ३, ५ ‘सप्तरङ्ग’ सफलरुपमा सम्पन्न भएको बताउनुभयो । कार्यक्रममा कलाकार, लोक गायक प्रकाश सपुत, मेलिना राई, सुगम पोखरेल हिमाल सागर, रवि ओड र हास्यब्यङ्ग्यकार जितु नेपाल सहभागी रहनुभएको थियो ।

उक्त कार्यक्रम मुख्यमन्त्री शाहीसहित कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, कृषिमन्त्री विमला केसी, उद्योगमन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकाया, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द जोशीलगायत प्रदेश सरकारका उच्च अधिकारीको सहभागिता थियो ।

कार्यक्रममा मुख्यमन्मन्त्री महेन्द्रबहादुर शाहीद्वारा कलाकार प्रेमदेव गिरीलगायतलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.