वैशाखदेखि बक्स अफिस देशभरका चलचित्र मन्दिरमा

काठमाडौँ, २८ चैत : चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ ।

देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक्ने बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराईले बताउनुभयो ।

“पछि सञ्चालनमा आएका नयाँ चलचित्रघरमा त टिकटको जानकारी कम्प्युटरमा नै अपडेट गरिन्छ तर पुराना घरहरुमा प्रभावकारी रुपमा सञ्चालनमा आउन अलि समय लाग्छ”, उहाँले भन्नुभयो । कम्प्युटर चलाउन नजान्ने चलचित्रघरका कर्मचारीलाई बोर्डले तालीम दिने जानकारी उहाँले दिनुभयो ।

बोर्डले हाल नयाँ सर्भर बनाउनका लागि म्याक्स इन्टरनेशनललाई जिम्मा दिएको छ । म्याक्सले केही दिनपछि नै नयाँ सर्भरलाई कम्प्युटरमा राख्ने काम गर्नेछ । हाल काठमाडौँ उपत्यकाभित्र मात्र बक्स अफिस सञ्चालनमा छ ।

काठमाडौँ उपत्यकाभित्र र बाहिर गरी अहिलेसम्म देशभर जम्मा ३९४ चलचित्रघर छन् जसमा हाल २१५ मात्र सञ्चालनमा छन् । चालु आर्थिक वर्ष २०७५÷०७६ मा १३ नयाँ चलचित्रघर सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.