चलचित्र विकास बोर्डका अध्यक्ष पौडेलको राजीनामा

काठमाडौँ, २२ माघ : चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पौडेलले बुधबारदेखि लागू हुने गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मैले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएकी हुँ ।” पौडेलले आफूले आफ्नो पदबाट राजीनामा दिएको र आगामी दिनमा समाज सेवामा समर्पित हुने बताउनुभयो । उहाँ २०७४ साल मङ्सिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । पौडेलले पहिलो पटक बक्स अफिस प्रणालीको शुरुआत गरेको र अन्य केही सकारात्मक कामको समेत थालनी गरेको आफ्नो राजीनामापत्र उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.