नायिका चन्दले फिल्म निर्माण गर्ने

काठमाडौँ, २ मङ्सिर : नेपालकी प्रथम नायिका भुवन चन्दले प्रेम कथामा आधारित चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । उहाँले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘साइनो’ चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको हो ।

“चलचित्रको छायाङ्कन सोमबारदेखि शुरु गरिनेछ,” उहाँले भन्नुभयो । ‘चन्द्रविनायक फिल्म प्रोडक्सन’को प्रस्तुतिमा बन्न लागेको सो चलचित्रको अभिनेत्रीमा नीता ढुङ्गाना र मिरुना मगर तथा नायकमा राजकुमार अनुबन्ध रहनुुभएको छ । चलचित्रको कार्यकारी निर्माता शरण थापा र निर्देशक रमेश थापा हुनुहुन्छ । चलचित्रमा वसन्त सापकोटाको सङ्गीत तथा अभिमन्यू ‘निरवी’को कथा र संवाद रहनेछ । अभिनेत्री मिरुनाले नेपालकी प्रथम अभिनेत्री चन्दको चलचित्रमा आफू आबद्ध हुन पाउनु ठूलो अवसर भएको र सो भूमिकालाई न्याय दिने बताउनुभयो । नवनायक राजकुमारले भूमिका राम्रो लागेकाले सो चलचित्रमा अभिनय गर्न लागेको बताउनुभयो ।

‘साइनो’ मा भुवन चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, शिखा मल्ल, राजा राजेन्द्र पोखरेल, रोय दीप श्रेष्ठ, धर्मेन्द्र आचार्य, विशाल पहाडी, रामेश्वर बुर्लाकोटी, रेगन क्षेत्री, वसुकला मैनाली, भीमसेन लामा, सविक सुर्खेतीलगायतको अभिनय रहनेछ । चलचित्रको छायाङ्कन काठमाडौँ, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायतका विभिन्न ठाउँमा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal