‘प्रज्ञा सिस्नुपानी देउसी’मा नेताप्रति खबरदारी

काठमाडौँ, २० कात्तिक : दिपावलीको उपलक्ष्यमा विगत वर्ष झै यसपाली पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको हो ।

कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मस), कुञ्जना घिमिरे (सुन्तली), दमन रुपाखेती, व्यङ्ग्यात्मक कविका रुपमा परिचित शैलेन्द्र सिङ्खडा, राजा राजेन्द्रलगायतले प्रस्तुति दिनुभयो ।

देउसी हेर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, विभागीय मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीत्रय माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजजीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुखलगायत सहभागी हुनुहुन्थ्योे ।

दर्शक तथा स्रोताले खचाखच भरिएको प्रज्ञा भवनको हलमा प्रधानमन्त्री केपी ओलीको क्यारिकेचरमा कलाकार सीताराम कट्टेल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘क्यारिकेचर’मा मनोज गजुरेल र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको ‘क्यारिकेचर’ दमन रुपाखेतीको प्रस्तुतिलाई दर्शकदिर्घाबाट खुबै मन पराइएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले देशको विकृति विसङ्गतिका विरुद्ध सिस्नुपानी नेपालले सामाजिक आन्दोलन अभियानक चलाएको भन्दै यसलाई अझ सशक्त बनाएर खबरदारी गर्दै सामाजिक र सांस्कृतिक आन्दोलनका अभिन्न अङ्ग बनोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

समाज र राजनीतिक क्षेत्रमा देखा परेका विकृति विसङ्गति छन् भन्दै उहाँले जुन ठाउँमा विकृति छ, प्रगतिको विरुद्धमा उचिएका कोही प्रवृत्ति र पात्रलाई साँचो अर्थमा सिस्नुपानी बनेर अघि बढ्न आग्रह गर्नुभयो ।

काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई सुशासनको मार्गमा खबरदारी गर्न सिस्नुपानीको अभियान सशक्त रहेको भन्दै मुलुकमा शान्ति र समृद्धिको दिशामा सरकार र सरोकारवालालाई एकीकृत गराउन अभियानले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal