लालपूर्जा भएको जग्गा कानून बमोजिम जो सुकैले खरिद बिक्री गर्न पाउँछ : अधिवक्ता अर्याल

अधिवक्ता अर्जुनकुमार अर्याल

अधिवक्ता अर्जुनकुमार अर्याल । काठमाडौँ, १२ वैशाख  : न्ययोर्कको गल्लीमा एउटी बालिका ज्यान जोगाउन चिच्याउदै दौडिरहेकी थिईन् र पछि पछि थियो भयानक जर्मन सेफर्ड कुकुर । बालिका अघि अघि र कुकुर पछि पछि, तमासे धेरै थिए, तर कुकुर धपाउने कोही थिएनन् । भिडको बीचबाट एक जवान निस्कियो र कुकुर धपायो । वालिकाकी आमा असिन पसिन हुदै आईपुगिन र जवानलाई धन्यवाद दिदै भनिन तिमी वास्तविक नायक रहेछौ । भोलि पत्रिकामा खबर आउने छ, न्यूयोर्कको बहादुर जवानले बालिका बचायो । सरी म्याडम म न्योर्कको होइन, ल ठिकै छ भोलि पत्रिकाले लेख्ने छ, बहादुर अमेरिकीले बालिका बचायो । फेरि जवानले भन्यो होईन म्याडम म त इरानवाट आएको हुँ । भोलिपल्ट न्यूयोर्कको पत्रिकामा छापियो इस्लामी उग्रवादीद्वारा अमेरिकी कुकुर मारियो ।

यो र यस्तै छ हाम्रा पत्रपत्रिका, अनलाईनहरुको हालखबर । हुन्छ एउटा, छापिन्छ अर्को । हामाी दायाँ वायाँ हेर्दैनौ । आफुलाई जे अनुकुल हुन्छ, जे भन्दा र जे लेख्दा मजा आउछ त्यही लेखिदिन्छौं । हामीले लेखेको वा बोलेको कुराले अरुको ईज्जत प्रतिष्ठा, स्वाभिमानमा कति रेक्टरको धक्का दिन्छ हामी त्यसको हिसाब किताब नगरी वोल्छौं, लेख्छौ । सत्य के हो, झुठ कति हो, यथार्थ नबुझी दौडन्छौ । साँच्चैं हामी अचम्मका छौं । हामीले ठाँउ पायौं भने नि, उठ्नै नसक्ने गरी धसाउन खोज्छौ. । हामीले यस्तो कार्यले कसैको जीवनमा मात्र होईन देशलाई समेत कति नाफा घाटा होला भन्ने सामान्य अनुमानसम्म नगरी भिडले जे भन्छ, जे बोल्छ त्यही नै अन्तिम सत्य हो झै गरी बहकिन्छौं ।

संचार माध्यमहरुले पनि वास्तविकताभन्दा धेरै परै बसेर एउटा समाचारको सत्यतथ्यलाई नखोजी त्यसैलाई बढाई चढाई गरेर सम्पे्रषण गरिदिदा समाजमा पुरै भ्रमले ठाँउ लिन्छ र सत्य ओझेलमा पर्छ । चोर साधु हुन्छ, अनि साधु चोर । भ्रमपूर्ण प्रकाशित, प्रसारित समाचारले आफ्नो व्यवसायीक धर्म त निर्वाह गरेनौं गरेनौं आफनै समाचारको कारण आफुप्रतिको विश्वास र आस्थालाई समेत ढाल्दै गएका छौं । अनुजा वानियाँले रु १ करोड भेट्टाएर सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको समाचारले सम्माननीय राष्ट्रपती समेतलाई अन्यौल र भ्रममा पार्न सकिने रहेछ भने अरु सर्वसाधारणलाई भ्रममा पार्न कति सहज रहेछ सजिलै अनुमान लगाउन सकिन्छ ।

अहिले हामी सत्तासिन नेपाल कम्यूनिष्ट पार्टीका महासचिवले नै सरकारी जग्गा आफनो नाममा ल्याएको भन्ने भ्रमपूर्ण समचार सम्प्रेण गरेर आफनो अनलाईनको लाईक र शेयर बढेकोमा मख्ख परेको छौं । नेपाल कम्यूनिष्ट पार्टी र सरकारलाई असफल सावित गर्न दिनरात खट्नेहरु यिनै समाचार शेयर गरिरहेकाछन् । पहिलो कुरा महासचिव पौडलेको यो जग्गा खरिद प्रकरणमा कहि कतैवाट पनि संलग्नता पुष्टी हुदैन । जुन कुरा पुष्टी गर्न सकिदैन त्यस्तो कुरा वोल्न र लेख्न हुदैन । नेपाली नागरिकलाई नेपालको संविधानले चलअचल सम्पत्ति खरिद गर्न पाउने कुरा सुनिश्चित गरेको छ ।

महासचिव भएकै कारण जग्गा किन्न पाईदैन भन्ने कुरै भएन । महासचिव भए पनि, सचिव वा जुनसुकै तहको नेता भएपनि घरजग्गा किन्न, बेच्न पाईन्छ । त्यो अरु नेपाली नागरिकले पनि पाँउछन । सामान्य नेपाली नागरिक सरह कानून वमोजिम जग्गा किन्ने कार्य अन्यथा भएन । हामी त महासचिवका छोराले वालुवाटरकै हाल प्रधानमन्त्री के.पी. ओली बसेकै घरजग्गा किने जसरी प्रचार प्रसार र हल्लीखल्ली गरिरहेका छौं ।

बालुवाटार भनेको प्रधानमन्त्री ओलीको निवास मात्रै होईन । लाजिम्पाट पूर्व राष्ट्रपति कार्यलय, टंगालवाट उत्तर त्यो सवै क्षेत्र वालुवाटार हो । वालुवाटारमा घरजग्गा खरिद गर्न पाईन्छ । मेरो केही साथीहरु कोही भाडामा त कोही घरै किनेर बालुवाटारमा बस्दै आएकमा छन् । मेरा चिनजानकै एक जना पूर्व सचिवको घर वालुवाटारमै छ । न्याय परिषदका पूर्व सदस्य पनि वालुवाटारमै बस्छन । यसको अर्थ वालुवाटर भनेको प्रधानमन्त्री निवास मात्र होईन, प्रधानमन्त्री निवास बाहिर पनि वालुवाटर छ र त्यहाँ घरजग्गा किन्न पाईन्छ । नपाईने थियो भने किन्ने बेच्ने काम कसरी भयो, सम्बन्धित मालपोतले जानोस् । पाईने भएरै त एनआरएनका पूर्वअध्यक्ष शेष घलेले ३ रोपनी १ आना जग्गा किने । भाटभटेनीका मालिक मिन वहादुर गुरुङ्गले पनि १० रोपनी भन्दा वढी जग्गा खरिद गरे ।

एनआरएनले त सर्वोच्च अदालतको आदेश अनुसार भवन निर्माण गर्यो । सम्मानित अदालतले उर्पयुक्त लागेर नै भवन निर्माण गर्ने अनुमति दियो होला । महासचिव विष्णु पौडेलको छोराले आफ्नो नाममा जग्गा किन्न नै नमिल्ने जसोगरी, उक्त जग्गा प्रधानमन्त्रीको कम्पाउण्ड भित्रकै हो भने जसरी हल्ला गरिदैछ । यथार्थ त्यस्तो होईन । व्यक्तिको घरजग्गा किनबेच हुन्छ र किनबेच गर्न पनि पाईन्छ । महासचिव पौडलेको छोराले किनेको भनेको जग्गा २०४९ साल बाटनै खरिदबिक्री हुँदै आएको कुरा त पत्रपत्रिका र अनलाईनहरुले लेखेकै छन् । त्यसपछि ३,४ तह खरिद बिक्री हुदै आएको कुरा तिनै अनलाईनहरुले नै लेखेर मैले थाहा पाएको हुँ । त्यसो भए महासचिव पौडेलको गल्ती कहानेर भयो? किनबेच भैराखेकै जग्गा किनबेच गर्दा गल्ती हुन्छ र? त्यहाँ त १३२ रोपनी जग्गाको कुरा छ । महासचिव पौडलेको छोराको नाममा ८ आना रहेछ । सो वाहेक १३१ रोपनी ८ आना त अरु व्यक्ति संघसंस्था आदिको नाममा छ । के त्यसो भए १३१ रोपनी ८ आना खरिद गर्नेहरु गलत नै हुन त? एनआरएनले पनि त आफनो भवन त्यही वनाउदैछ ।

उक्त जग्गाहरुमा दर्जनौ बैंकहरुले लगानी गरेका छन, के ति सबै बैंकहरु सनराईज बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सेन्चुरी बैंक, सानीमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, प्रभु बैक लगायतले के कागजात नहेरी कर्जा दिए ? नक्कली जग्गामा कर्जा दिए? बैंकले नक्कली जग्गामा कर्जा दिन्छन? त्यो पनि दर्जनौं बैंकले । के प्रधानमन्त्री निवासकै जग्गा धितो राखेर कर्जा दिएका हुन? त्यो त पक्कै होईन । यदि त्यसो होईन भने खरिद बिक्री हुदै आएको बैंकहरुले कागजात हेरेरै कर्जा दिएको, एनआरएनले समेत भवन वनाउदै गरेको १३२ रोपनी क्षेत्रफल भित्रको जग्गा महासचिव पौडेलको परिवारले किन्नै नमिल्ने भनेर जसरी कोकोहोलो मच्चाईदैछ त्यो गलत छ र त्यो न्यायसंगत पनि छैन । पूर्वाग्रह नराखी हेरौ त, त्यहाँ महासचिव पौडलेको परिवारको कहाँनिर गल्ती छ र महासचिव पौडेललाई मुछिँदै छ? अन्य व्यक्तिको १३१ रोपनी ८ आना जग्गा हुने र किन्नेहरु सबै खराबै हुन भनेर भन्न मिल्छ र । महासचिव पौडलेले आफू सांसद तथा मन्त्री हुदाँ सम्पत्ति विवरणमा देखाएकै कुरा रहेछ । लुकाएको त होईन रहेछ ।

हो, गलत लिखत बन्छन र बनाईन्छन् । अरु त कुरै छाडौं हिटलर आफैले लेखेको भनेर उनको वायोग्राफी ६० भागमा आयो । धेरै राष्ट्र प्रमुखहरुले किन्ने इच्छा गरे । यि मध्ये डचले ९.३ मिलियन पाउण्डमा खरिद गर्यो पछि बुझदै जाँदा थाहा भयो कि हिटलरको समयमा त्यस किसिमको कागजै नै रहेनछ रे । त्यो सबै नक्कली रहेछ । त्यो कुरा त पछि न पत्ता लाग्यो ? अब के ति हिटलरको डायरी किन्ने राष्ट्र प्रमुखको गल्ती थियो ? छैन ।

तर्सथ, कसले कसरी नक्कली बनायो वा बनाएन त्यो अनुसन्धानको विषय हुनसक्छ । कागजात नक्कली बने बनाइएको भए त्यसमा संलग्न हुनेहरुलाई कारवाही हुनुपर्छ । त्यसरी नक्कली काम गर्नेहरु पो कारवाहीमा पर्ने हो त, अन्जानमा खरिद गरेकाहरु नै अभियुक्त करार गर्न खोज्नु के न्याय सँग हुन्छ ? एफेल टावर भिक्टर लस्टिड. भन्ने व्यक्तिले सरकारी कागजात दुरुस्त बनाएर सरकारी कर्मचारीहरुलाई हातमा लिएर २ पटकसम्म ठुला स्टील कम्पनीको मालिक एन्डे«लाई बिक्री गरेछन् ।

यी यस्ता घटनाहरु पनि संसारमा घटेका छन । हामीले त साँच्चीकै दोषी को हो, त्यसको पो खोजी गर्नुपर्यो । यहाँ सरकारले बिक्री रोक्का राखिसकेपछि विवेकशील साझा पार्टी राष्ट्रिय झण्डा गाड्न कुदछ् । ए बाबा वालुवाटारको जग्गामा राष्ट्रिय झण्डा गाडनु पर्छ, राष्ट्रिय झण्डा गाड्ने नै हो भने देशभरी सीमा मिचिएका र जंगे पिल्लरहरु ढालिएका ठाउँमा गएर गाड्नु चाहि उपयुक्त होईन र ? नौटंकीको पनि सिमा हुन्छ नि ।

अरु त अरु आशा र भरपर्दा नेपाली काँग्रेसका नेता धनराज गुरुङ्गले समेत यि र यस्तै समाचारहरु फेसबुक पेजमा लाईक र सेयर गरेको देख्दा लाज लागेर आउछ । यिनै गुरुङ्गलाई रातो पासपोर्ट काण्डमा परेर केही समय पार्टीको कामकारवाहीवाट अलग हुनुपरेको घटना कसैले कानमा सुटुक्क सुनाउदा यिनको प्रतिक्रिया कस्तो हुन्थ्यो होला सुन्न लोभ लागेको छ । तर्सथ हामी पाठकले समाचार पढेर धारणा बनाउदा न्यायसँगत हुँदैन । सबै समाचार सत्य पनि हुदैनन् ।

हामी यथार्थ नबुझी हल्लैको पछि लाग्छौ । सडकमा कसैले कसैलाई विना कसुर चोर चोर भन्यो भने हामी पनि चोर चोर भन्दै उसकै पछि कुदछौं । भेटे थिलथिलो हुनेगरी कुटछौ, वटुवाहरुले समेत त्यसैलाई कुट्छन् । यो हल्लै हल्लाको देश हो भनेर त्यसै भनेका रहेनछन्, भूपी शेरचनले । यसै काटिएका रहेनछ काजी भिम मल्ल अनि लागेकै रहेछ हाल सम्म पनि सतीको श्राप । हामी पूर्वाग्रह राखेर हेर्यौ सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो देख्छौ । त्यसैले भनिन्छ देखेको आधा झुट, सुनेको पुरै झुट ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.