आश्विन शुक्लपक्ष सप्तमी अर्थात फूलपाती

बडा दशैँको सातौँ दिन मंगलबार गोरखादरवारबाट ल्याएको फूलपाती काठमाण्डौको हनुमानढोकामा भित्रयाइँदै । तस्वीर नवीन पौडेल

काठमाडौँ, १ कात्तिक : हिन्दू शास्त्रको कथन अनुसार र हिन्दू नेपालीहरुको मान्दै गरिआएको चलनअनुरुप नेपाली पात्रोको आश्विन शुक्लपक्ष सप्तमी तीथिको दिनलाई जनलोक भाषामा फूलपाती भन्ने गरिन्छ भने कहिंकतै महासप्तमी पनि भन्ने गरिन्छ |

यस दिन सबै नेपालीहरुको घरमा दशैंको पूजा सामग्रीस्वरूप फूलपाती भित्र्याउने चलन छ | बडादशैंको अरु दिनजस्तै फूलपातीको अर्थात् महासप्तमीको दिनको पनि विशेष महत्व रहन्छ | यस दिन काठमाडौँको टुँडिखेलमा बढाईं गरेपछि फूलपातीको रुपमा केरा,दारिम,धान, हलेढो,माने,कर्चुर, बेल, अशोक, र जयन्ती आदि नौ प्रकारका पातहरु प्रत्येकको नौं/नौं प्रतिका दरले दुर्गापूजा स्थापना गरेको ठाउँमा भित्रयाउँछन् |

ती नौंवटा पातहरुमा क्रमश: नवदुर्गा स्वरुपिनी माता अर्थात् देवीहरू लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहरिणी,ब्रम्ह्माणी, रक्तचण्डिका र कीर्तिका देवीलाई आवाह्न गरेर घर-घरमा विधिवत पुजा-अर्चना गरिन्छ | अरु महत्वपूर्ण दिनसरी फूलपातीको दिन पनि सार्वजनिक विदा रहन्छ |

यसदिन काठमाडौँका नेवार समुदायका घर-घरमा प्राय विश्वकर्मा एवं विध्यादेवी महासरस्वतीलाई आवाह्न गरीकन विधिवत् तरीकाले पुस्तक,कपी, कलम, ज्यावलहरु, मेशिन-सामाग्रीहरु अनि कृषकका कोडाला, हँसिया, खन्तीहरु आदि इत्यादिको पनि स्थापना गरी पूजाआजा गरिन्छन् | त्यसका साथै किसानहरु भने खेतमा गई लत्तरम्म फलेको धनको बालाहरु पनि घरमा भित्र्याएर त्यसको पूजा गर्ने गर्दछन् |

परापूर्वकालदेखि चलिआएको चलन अनुसार गोरखा दरबारबाट फूलपाती राजधानीको हनिमानढोका दरबारमा पनि भित्र्याउने गरिन्छ | यस दिनबाट झन् दशैंको बजारको मेला नै ठाउँ ठाउँमा लागेको हुन्छ जुन हेर्न लाएको हुन्छ |

साभार: नेपाली पात्रो

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.