“नेपाल एभरेष्ट मायाको ट्रेकिङ्’’द्वारा सहयोग सामाग्री हस्तान्तरण

टेकनाथ न्यौपाने, काठमाडौँ, १७ असोज : दक्षिण कोरियाको ईन्छन क्षेत्रका व्यवसायीहरुको संस्थाले नेपालका पहाडी क्षेत्र विद्यार्थी तथा बाल मन्दिरका अनाथहरुलाई शैक्षिक सामाग्री र नगद सहयोग हस्तान्तरण गरेका छन ।

ईन्छन औद्योगिक क्षेत्रमा रहेका ईन्जे विश्वविद्यालयका भूतपूर्व छात्र पर्वतारोहण संघको सन् २०१७ मा परेको १०औं स्थापना दिवस मनाउनका लागि यहि सेप्टेम्बर १८ तारिखको दिन नेपाल आएका नेपाल आएका बखत ति सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।

सोलुखुम्बुका श्री पेमा छोलिङ आधारभूत विद्यालय, घाट, श्री युवा वर्ष आधारभूत विद्यालय, मोन्जो तथा काठमाडौँ नक्साल स्थित बाल मन्दिरका अनाथहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।

रोजगार अनुमति प्रणालीको माध्यमबाट नेपाली जनताहरुमाझ दक्षिण कोरिया परिचित छ । दक्षिण कोरियाको “ईन्छन व्यवसायी महासंघ प्रमुख कार्यकारी अधिकृत सहित ईन्जे विश्वविद्यालयका भूतपूर्व छात्र पर्वतारोहण संघ’’ का सदस्यहरु सोन जङहुङको नेतृत्वमा ७ जना यहि सेप्टेम्बर १८ तारिखको दिन नेपाल आएका हुन ।

“नेपाल एभरेष्ट मायाको ट्रेकिङ’’ भनेर नामाकरण गरिएको कार्यक्रम ईन्जे विश्वविद्यालयका भूतपूर्व छात्र पर्वतारोहण संघले २०१५ मा गएको महाभुकम्पको कारण कठिन शैक्षिक वातावरणको बावजुत आफ्नो पढाइलाई अघि बढाई रहेका नेपालका पहाडी क्षेत्रका पिछडिएका बालबालिकाहरुको आत्मबल बढोस् र शिक्षामा सहयोग पुगोस भनेर विद्यालय र अनार्थ आश्रम जाने निर्णय गरिए अनुसार नेपालमा रहेको संसारकै सबैभन्दा अग्लो चुचुरोे सगरमाथाको बेस क्याम्पसम्मको अर्थपूर्ण यात्रा तय भएको हो ।

कोरिया मानव संसाधन विकास केन्द्र (HRD Korea) को नेपाल शाखा (नेपाल ई पि एस सेन्टर) को सहयोगमा विकट पहाडि क्षेत्रका दुइ विद्यालयमा सहयोग गरिएको होे ।

टोली १६ दिनको लामो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेर कोरिया फर्किएका छन्

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.