तालिबानी युद्धमा इस्लामिक कानूनमा आधारित कारण छैन
काबुल,अफगानिस्तान, ५ कात्तिक : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बुधवार तालिबानको निन्दा गर्नु हुर्दै उनीहरूसँगको युद्ध शरिया ९इस्लामिक कानून० मा आधारित कुनै कारण नभएको बताउनु भएकाृे छ ।
संसदलाई सम्बोधन गर्नु हुर्दै घानीले “तालिवानसँग युद्धको कुनै शरियामा आधारित नभएको बताउनु भएको हो । लोया जिर्गा ९अफगानिस्तानको संसद ० मा युद्धविराम र हिंसा घटाउन आह्वान गरे पनि दुर्भाग्यवस, तालिवान अझै पनि हिंसा जारी राखेका उहाँँले बताउनु भएको छ ।
तालिबानहरुले युद्धको कुनै धार्मिक मान्यता नभएको उलेमा ९धार्मिक विद्वानहरूको निकाय० ले पुष्टि गरेको घानीले बताउनु भएको छ । अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको पनि घानीले थप जानकारी दिनु भएको छ ।
अन्तर्राष्ट्रिय समुदायले स्वास्थ्य क्षेत्रमा पनि अफगान सरकारलाई सहयोग गरिरहेको र आगामी जेनेभा सम्मेलनमा उनीहरूले अफगानिस्तानप्रति आफ्नो प्रतिबद्धता नवीकरण गर्ने पनि उहाँले बताउनु भएको छ ।
हालै भएको अमेरिकी हवाई कारबाही सहयोगलाई उद्धृत गर्दै अफागान सरकारलाई नेटो र अमेरिकाको सहयोग रहेको घानी थप जानकारी दिनु भएको छ । भ्रष्टाचारविरुद्ध लडाईमा हातेमालो गरेर काम गर्ने र आफ्नै खुट्टा उभिन पनि घानीको दाबी गर्नु भएको छ ।
