पूर्व राष्ट्रपति पार्कको कैँद अवधि अनुसन्धानका लागि थप

सिओल, दक्षिण कोरिया, १५ असोज : दक्षिण कोरियाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपतिको कैँद समयलाई अनुसन्धानका लागि आगामी डिसेम्बर १६ सम्मका लागि थप गर्ने निर्णय गरेको छ ।

उहाँमाथि लगाइएको भ्रष्टाचार आरोपमाथिको सुनुवाईलाई विचाराधिन अवस्थामा राख्दै कैँद समयलाई बढाइएको हो ।

उहाँलाई विभिन्न भ्रष्टाचार आरोपमा महाअभियोग लगाईएको थियो भने यहाँको संवैधानिक अदालतको निर्णयमा उहाँलाई गत बर्ष मार्चको अन्त्यमा जिम्मेवारीबाट हटाइएको थियो ।

उहाँलाई सिओलको पुनरावेदन अदालतले लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेका साथी चोई सुन–सिलको प्रभावमा परी भ्रष्टाचार गरेको अभियोगमा २५ बर्ष जेल सजाँय तोकेको थियो ।

उहाँको मुद्दामा सर्वोच्च अदालतले उहाँविरुद्ध दुई पटक पक्राउ पूर्जी जारी गर्दै अनुसन्धानका लागि म्याद थप गरेको थियो ।

पार्क र चोइले पदीय मर्यादा विपरित सामसुङ कम्पनीसँग ६ करोड ६० लाख अमेरिकी डलर बराबरको रकम चोइका दुई संस्थालाई चन्दा दिन दबाब दिएको लगायतका आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.