पूर्वी अफगानिस्तानमा २१ जना लडाकू मारिए

जलालाबाद, अफगानिस्तान, १५ असोज : इस्लामिक स्टेट्ससँग आबद्ध कम्तीमा २१ जना लडाकूहरु अफगानिस्तानको पूर्वी नान्गरहर प्रान्तमा आइतबार गरिएको ड्रोन आक्रमणमा मारिएका छन् ।

प्रहरीका अनुसार मानवबिहीन ड्रोनले प्रान्तको खोजिआनी जिल्लामा लुकेर बसेका लडाकूमाथि आक्रमण गरेका थिए । आक्रमणमा स्थानीय कमान्डरहरु मलाङ र कारी दाउद समेतका लडाकू मारिएका छन् ।

आइएसले भने आक्रमणको क्षतिबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.