सिरियाली विद्रोहीद्वारा हतियार नविसाएको दावी

बेरूत, लेबनान, १४ असोज : सिरियाली विद्रोही गठबन्धनले राज्यको उत्तरी क्षेत्रलाई सैन्य गतिविधिबिहीन बनाउन सहमत भएको भनी आएका समाचारको खण्डन गरेको छ ।

गठबन्धनका प्रवक्ताले एएफपीसँग भने, सिरियाको उत्तरी क्षेत्रलाई सैन्य गतिविधिबाट टाढा राख्न विपक्षी समूह सहमत भएको भन्ने खबर विल्कुल निराधार हो ।

यो क्षेत्रमा सक्रिय कुनै मोर्चा वा समूहले सैन्य गतिविधिमुक्त क्षेत्र बनाउन सहमत भएको छैन, टर्की पक्षधर नेशनल लिबरेशन फ्रन्ट ( एनएलएफ)का प्रवक्ता नाजी मुस्ताफाले भन्नुभयो ।

सिरियाली मानव अधिकार अनुगमन समूहले यस पहिले दिएको जानकारीमा एनएलएफको एक समूहले ठूला हतियार बिसाउन तयार भएको जनाएको थियो । टर्की र रूसबीच उक्त क्षेत्रमा शान्ति क्षेत्र घोषणा गर्ने सहमति अनुसार एनएलएफले हतियार बुझाउन तयार भएको भनाई आएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.