इन्डोनेसियामा भूकम्प

जाकार्ता, १२ असोज : मध्य इन्डोनेसियामा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको भू विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ ।

यस भूकम्पपछि तत्काल मानवीय र सम्पत्तिको क्षति भने नभएको यहाँको भूभौतिक विभागले जानकारी दिएको छ । सुनामी डर नभएको सो विभागले थप जानकारी दिएको. छ । विश्वको तुलनामा इन्डोनेसिया बारम्बार भूकम्प जाने देशको सूचीमा पर्दछ ।

सन् २०१४ मा पश्चिमी इन्डोनेसियामा गएको ९.३ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.