पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना

इस्लामाबाद , ११ असोज : पाकिस्तानको सिन्ध प्रान्तको जाम्शोरो जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा १० व्यक्ति घाइते भएका छन् । बिहीबार बिहान सबेरै सो दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

सिन्ध प्रान्तको जाम्शोरो जिल्लाको सेहवान सरिफ शहरमा गुडिरहेको रेलका आठ ओटा डिब्बा पटरीबाट छुट्टिएर बाहिर निस्किएपछि सो दुर्घटना भएको जानकारी दिइएको छ । सो रेल कराची शहरबाट पेसावारतर्फ गइरहेको र बीच बाटोमा दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनापछि प्रहरी, उद्धार टोली र पाकिस्तान रेल सेवाका अधिकारीहरु दुर्घटनास्थलमा पुगेका छन् । यस दुर्घटनामा घाइते भएकाहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ । ती घाइतेको अवस्था स्थिर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.