ब्रेन्ट कच्चातेलको मूल्य चारवर्षकै उच्च

लन्डन, ८ असोज : ब्रेन्ट कच्चातेलको मूल्य सोमबार चार वर्षयताकै उच्च मूल्य अर्थात् ८१ अमेरिकी डलरको हाराहारीमा पुगेको छ । यो सन् २०१४ को नोभेम्बर यताकै उच्च हो ।

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कच्चातेलको मूल्यमा कमी ल्याउन दबाब दिएपनि ओपेक र अन्य तेल उत्पादक राष्ट्रहरुले अमेरिकी राष्ट्रपतिको आग्रहलाई बेवास्ता गरेका कारण तेलको मूल्यमा पछिल्ला दिनहरुमा वृद्धि भइरहेको छ ।

नोभेम्बरका लागि ब्रेन्ट कच्चातेलको मूल्य प्रति ब्यारेल ८०.९४ डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.