आईतबार खण्डग्रास सूर्यग्रहण

आनन्द भुषाल । २०७७ साल आषढ ७ गते आईतबार खण्डग्रास सूर्यग्रहण लाग्दैछ।

जब चन्द्रमा पृथ्बी र सूर्यको बीचमा आउँदछ चन्द्रमाले सूर्यको केही भागलाई छेक्छ र पृथ्बीमा सूर्यको प्रकाश पूर्ण रुपले आउन पाउदैन यो अवस्थालाई सूर्यग्रहण भनिन्छ। यो सूर्यग्रहण नेपाल, भारत, अष्ट्रेलिया, अमेरिका लगायत विश्वका बिभिन्न देशहरु बाट देख्न सकिन्छ। यो सूर्यग्रहण आषढ कृष्णऔंशी तिथिमा आईतबार बिहान देखी लाग्दैछ।

सूर्यग्रहणको १२ घण्टा पहिला देखि सुतक कालआरम्भ हुन्छ सुतककालको समय भोजन निषेध गरिएको छ, तर बृद्ध, बिरामी ब्याक्ति, अशक्त र साना केटाकेटी तथा गर्भबती महिलाहरुको लागि छुट छ । गर्भबती महिलाहरुले बिशेष सावधानी अपनाउनु पर्नेछ । सकेसम्म घरबाट बाहिर ननिस्किनु र धारिलो हातहतियार प्रयोग गर्नु पनि राम्रो मानिदैन त्यसैले सके सम्म ग्रहण अवधिभर कुनैपनि हतियारहरु नचलाउनु होला, यो समयमा खाना पकाउनु र राख्नु पनि राम्रो हुदैन यदि राख्नु परेको खण्डमा तुलसीको पात राखेर छोपेर राख्नु राम्रो हुन्छ, यो समयमा कुनै पनि शुभकार्यहरु गर्नु राम्रो मानिदैन ।

युवा ज्योतिष आनन्द भुषाल ।

ग्रहण आईतबार बिहान १०:५० बजे शुरुवात भई मध्य मध्याह्न १२:३८ बजे र मोक्ष समय दिउँसो २:२३ बजेहुनेछ । सूर्यग्रहण को समयअवधि जम्मा ३ घण्टा ३३ मिनेट लामो हुनेछ । ग्रहणको समयमा मन्त्र जप्नु मन्त्रोउच्चारण गर्नाले अघि पछिको समयमा भन्दा बढी पुण्य प्राप्ती गर्ने धार्मिक मान्यता रहि आएको छ ।

यो सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशिलाई शुभफलदायक छ । यि चार राशिले बिशेष सावधानी अपनाएर ग्रहण अवलोकन गर्न मिल्छ । बृष, मिथुन, कर्कट, तुला, बृशचिक, धनु, कुम्भ र मीन राशिलाई सामान्य छ, बिशेष गरी मिथुन राशि हुनेहरुलाई केही अशुभ छ । यदि घर बाहिर निस्किनु परेमा तुलसीको पात र कुश साथमा राखेर निस्किनु राम्रो र सुरक्षित मानिन्छ ।

यदि कसैलाई कुनै मन्त्र थाहा छैन भने ऊँ उच्चारण गर्दा पनि हुन्छ । गायत्री मन्त्र महा मृत्युञ्जन्य मन्त्र, सूर्यमन्त्र उच्चारण गर्दा हुन्छ । ऊँ धृणि: सूर्याय नम: ऊँ आकृष्णेन: ऊँ आदित्य नम: ऊँ भाष्कराय नम: र ग्रहणको अवधि सकिए पछि स्नान गरेर अरु काम गर्दा शुभ फलदायक हुन्छ ।

(भुषाल युवा ज्योतिष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.