मेक्सिकोमा यसै वर्ष नौ पत्रकारको हत्या

मेक्सिको, ६ असोज : बन्दुकधारीहरुले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका छन् ।

यो घटनासँगै यस वर्ष अर्थात सन् २०१८ मा मात्रै हत्या हुने पत्रकारहरुको संख्या मेक्सिकोमा नौ पुगेको छ ।मेक्सिकोको दक्षिणी राज्य चियापासमा रहेको आफ्नै घरमा पत्रकारको हत्या भएको उनको पत्रिकाले शुक्रबार जनाएको छ । एल हेराल्डो डे चियापास नामक पत्रिकामा कार्यरत पत्रकार मारियो गोमेजको हत्या भएको हो ।

“उहाँलाई हालै मात्र विभिन्न खालको चेतावनी तथा धम्कीहरु आएका थिए” उहाँका सहकर्मीहरुले नाम नबताउने शर्तमा भने ।

पत्रिकाले दिएको जानकारी अनुसार गोमेज याजालोन शहरका सामान्य संवाददाता हुनुहुन्थ्यो । दुई जना अपरिचित व्यक्तिहरुले उहाँलाई हत्या गरेको बताइएको छ ।
गोली प्रहार भएलगत्तै ३५ बर्षीय गोमेजलाई अस्पताल लगिएको भएपनि अस्पतालले मृत घोषणा गरेको थियो । “हामीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरेका छौँ,” पत्रिकाको अनलाईन संस्करणमा प्रकाशित सम्पादकीयमा भनिएको छ ।

सरकरी पक्षले पनि घटनामा संलग्नहरुको खोजी भइरहेको र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.