सूर्याेदय लघुवित्तद्वारा राहत तथा उपचार काेषमा ५ लाख सहयोग
मिरा मल्ल । पुतलीबजार, २ जेठ : सूर्याेदय लघुवित्त वित्तीय संस्थाले काेरना भाईरस( काेभिड १९) राहत तथा उपचार काेषमा सहयोग गरेकाे छ ।
गण्डकी प्रदेशमा संस्थाका संचालक गुडाखर सापकोटाले मुख्य मन्त्री पृथ्वी सुब्बा गुरूङलाई प्रदेश न ५ मा संचालक शरद अधिकारीले मुख्य मन्त्री शंकर पाेखरेललाई २/२ लाखकाे चेक हस्तान्तरण गर्नु भयाे ।
संस्थाकाे केन्द्रीय कार्यालय रहेकाे पुतलीबजार नगरपालिकामा संचालक अनन्तकुमार श्रेष्ठले नगर प्रमुख सिमा क्षेत्रीलाई रू ५० हजारकाे चेक हस्तान्तरण गर्नु भयाे । बनगाड कुपिण्डे नगरपालिका सल्लीबजार, सल्यान प्रदेश नं ६ लाई रू ५० हजार सहयोग गरि कुल ५ लाख सहयोग गरेकाे छ ।
वि. स. २०६९ सालमा स्थापना भएकाे संस्थाकाे ३ वटा प्रदेशका २३ जिल्लामा ६५ वटा शाखाहरू संचालनमा रहेका छन ।
